२६ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने स्पष्ट पारेका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसंग व्यवहार गर्ने बताएका हुन् ।
इण्डोप्यासेफिकका सम्बन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्र्दभमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पुर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पारेका हुन् ।
उनले डेंगु संक्रमण नियन्त्रण बाहिर नभएको नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे । बैशाखदेखि देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैह्सरकारी , सर्वसाधरण लगायत सबै क्षेत्रबाट पहल हुदै भन्दै उहाँले नियन्त्रण बाहिर नभएको तर धेरै दुख दिएको डेंगु संक्रमणप्रति सरकार सचेत रहेको बताए ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले विश्वभर ३९/४० करोड मानिस डेंगु प्रभावित बनेको तथा ३ अर्ब मानिसहरु संक्रमणको जोखिममा रहेको देखाएको उल्लेख गर्दे उनले यसको नियन्त्रण सरकारको एक्लो प्रयासले संभव नहुने बताए । उनले फिल्महलमा राष्ट्रियगान बजाउने भन्ने विषय आफ्नै मन्त्रालय मातहतको भएपनि आफुले पनि सुनेको मात्रै प्रतिक्रिया दिए ।