नेपाल वायुसेवा : १० आन्तरिक उडान, दुई मात्र सफल

२७ भदौ ७६, शुक्रबार

२७ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन । हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ ।

Advertisement

उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६.३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो । अरू सबै उडान रद्द गरिएका थिए । धनगढी जाने ५२, उताबाट काठमाडौं आउने ४० र दाङ जाने २४ यात्रु एनएको उडान रद्द भएपछि विकल्प खोज्न बाध्य भएका थिए ।

अहिले अन्तर्राष्ट्रिय उडानका लागि भनिएका चार र घरेलु उडानका लागि प्रयोगमा ल्याइएका आठ गरी कुल १२ विमान नेपाल वायु सेवा निगमसँग छन् ।

Advertisement

‘डोमेस्टिक उडानमा रहेका मध्ये १९ सिट क्षमता (वाई १२ ई) का चारमध्ये दुई ग्राउन्डेड छन्, ५८ सिट क्षमता (एमए ६०) का दुईमध्ये एक ग्राउन्डेड छन्, अरू चलिरहेका छन्’, नेपाल वायु सेवा निगमका सहप्रवक्ता सुलेख मिश्रले भने, ‘क्यानेडियन दुईवटा ट्युनेटरमध्ये एउटा लामो समयदेखि ग्राउन्डेड छ भने अर्को चालु अवस्थामा छ ।’

प्राविधिक खराबीका कारण लामो समयदेखि थन्किएर बसेका विमान समयमै मर्मत गर्न नसकिएको समस्यालाई नेपाल वायु सेवाले पनि महसुस गरेको छ नेपाल समाचारपत्रबाट

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top