वडाध्यक्षका छोरामाथि कैची प्रहार

वडाध्यक्षका छोरामाथि कैची प्रहार

१० असोज, सुनसरी ।
धरान वडा नं १९ का वडाध्यक्ष पुर्ण लिम्बूका छोरालाई आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धरान ९ गौतम पथ बस्ने २५ बर्षीय अब्दुल भन्ने कलाम मियाँ छन् । उनले कपडा सिलाउने कैचीले प्रहार गरेको पनि खुलेको प्रहरीले जनाएको छ । मियाँले बिहिबार साँझ अध्यक्षका २४ बर्षीय छोरा पुजन लिम्बूलाई आक्रमण गरेर घाइते बनाएका थिए ।

मियाँलाई शुक्रबार बिहान भानुचोकमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बिहिबार गौतम पथमा रहेको कपडा पसलमा कपडा खरीद गर्न पुगेका लिम्बूलाई मियाले कपडा सिलाउने कैचीले आक्रमण गरेको खुलेको डिएसपी न्यौपानेले बताए ।

पुजनको दाहिने, बाँया कोखा र पछाडि ढाडमा गरी ३ ठाउँ कैची प्रहार भएको थियो । पुरानै रिसइबीका कारण कैची प्रहार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.