११ असोज, काठमाडौँ ।
नवनिर्वाचित अध्यक्ष चन्दको भनाइ नेपाल क्रिकेट संघका नव निर्र्वािचत अध्यक्ष चतुरबहादुर चन्दले संघ भित्रको सबै काम पारदर्शी ढंगले हुने बताएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा बिजयी भए पछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै अध्यक्ष चन्दले नेपाली क्रिकेट विवादरहित र पारदर्शी रुपमा अगाडी बढ्ने बताएका हुन् ।
नेपालीहरुमा नेपाली क्रिकेट खेलाडी सँग धेरै ठुलो अपेक्षा रहेको भन्दै अध्यक्ष चन्दले क्रिकेटको बिकाशलाई नयाँ तरिकाले गति दिन आवश्यक रहेको बताए । आफ्नो कार्यकालमा क्यान भित्रको सबै कामलाई पारदर्शी बनाउन पहिलो दिन देखि लाग्ने प्रतिबद्धता ब्यक्त गरे । संघले नेपालले पाएको एकदिवसीय मान्यतालाई अधिकतम सदुपयोग आन्तरिक प्रतियोगिता बढाउने, प्रादेशिक र जिल्लास्तरका प्रतियोगिता गराउने योजना बनाउने बताए ।
आईसीसीले दिएको रोडम्याप अनुसार क्रिकेट संघले काम गरेको र विवाद समेत नरहेको भन्दै अध्यक्ष चन्दले निलम्बन चाडै फुकुवा हुने बताए । आगामी अक्टोबर १३ मा बस्ने आइसीसीको बैठकले नेपाली क्रिकेटलाई सुखद समाचार दिने बिश्वास पनि ब्यक्त गरे । अध्यक्ष चन्दले निलम्बन फुकुवा संगै यसै वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्ने योजना नयाँ कार्यसमितिको रहेको पनि बताए ।