×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सिंगापुरको ऐतिहासिक जित, नेपाल शीर्ष स्थानमा

१३ आश्विन २०७६

१३ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत् घरेलु टोली सिंगापुरले जिम्बाब्वेमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।

आइतबार सिंगापुरले टेस्ट मान्यता प्राप्त टोली जिम्बाब्वेलाई ४ रनले हराएको हो । आइसीसीको पूर्ण सदस्य टोली जिम्बाब्वेमाथि सिंगापुरको यो पहिलो जित हो ।

Advertisement
Advertisement

योसँगै तीन टोली सम्मिलित शृंखलामा तीनवटै टोलीको समान दुई खेलबाट समान २-२ अंक भएको छ । शृंखलाको अर्को टोली नेपाल हो । तीनवटै टोलीले समान एक जित र एक हार व्यहोरेका हुन् ।

जिम्बाब्वेको हारपछि नेपालमा अंकतालिका शीर्ष स्थानमा रहेको छ । तीनै टोलीको अंक समान हुँदा नेपाल ‘नेट रनरेट’का आधारमा शीर्ष स्थानमा रहेको हो । दोस्रो स्थानमा जिम्बाब्वे र तेस्रो स्थानमा सिंगापुर रहेको छ ।

शृंखलामा सबैले आपसमा दुई दुईवटा खेल खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।

आइतबार वर्षाका कारण सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेल १८ ओभरमा झारिएको थियो ।टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निधारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन जोड्यो ।

सिंगापुरका लागि मनप्रीत सिंहले २३ बलमा ४१ रन तथा टिम डेभिडले २४ बलमा समान ४१ रन बनाए । उसका ओपनर रोहन रंगराजन २२ बलमा ३९ रन बनाएर ‘रनआउट’ हुँदै पवेलियन फर्किएका थिए । यस्तै, सुरेन्द्रन् चन्द्रमोहनले १७ बलमा २३ रनको योगदान दिए ।

जिम्बाब्वेका रायन ब्रुलले सर्वा्धिक ३ विकेट लिए । जवाफमा १८२ रनको विजय लक्ष्य पच्छ्याएको जिम्बाब्वेले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १७७ रनमात्रै बनाउन सक्यो ।

जिम्बाब्वेका कप्तान सिन विलियम्सले ३५ बलमा सर्वा्धिक ६६ रनको योगदान गरे । ओपनर रेगिस चकाभाले १९ बलमा ४८ रन बनाएको जिम्बाब्वेको इनिङ्समा टिनोटेन्डा मुटोम्बोजीले ३२ रन जोडे । उसका अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

Advertisement

सिंगापुरका अमजाद महबुब र जनक प्रकाशले २र२ विकेट लिए । शृंखलाअन्तर्गत् नेपालले अब मंगलबार पुनः जिम्बाब्वेसित र बुधबार सिंगापुरसित खेल्नेछ । नेपाल पहिलो खेलमा जिम्बाब्वेसित पराजित भएको थियो भने दोस्रो खेलमा सिंगापुरलाई हराएको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top