१३ असोज, भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिका–१३ पातालमा कुटपिटबाट २ जना घाइते भएका छन । सो घटनामा कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मलामीबाट फर्किने क्रममा सोही स्थान बस्ने वर्ष ४० का ईन्द्रध्वज तामाङ र वर्ष ३४ का अम्मरबहादुर तामाङलाई सोही स्थान बस्ने वर्ष ३१ का रिकमान तामाङ, वर्ष ३६ को प्रेम मणी तामाङ , वर्ष ३५ को चन्द्रकुमार तामाङ र वर्ष २१ को सन्तबिर तामाङले पुरानो रिसिबीको कारण कुटपिट गरी घाईते बनाएका थिए ।
घाईते २ जनाको स्थानीय स्वास्थ्य चौकी बोयामा उपचार भईरहेको छ भने कुटपिट गर्ने चारै जनालाई प्रहरी चौकी बोयाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।