सवारी दुर्घटनामा परी यूएईमा छ जना नेपालीको मृत्यु

सवारी दुर्घटनामा परी यूएईमा छ जना नेपालीको मृत्यु

१४ असोज, काठमाडौँ ।
युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा भएको सवारी दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ ।

सोमबार स्थानीय समयअनुसार बिहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।

दुर्घटनामा मृत्यु हुने नेपालीमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको बताइएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनाबारे दूतावासले थप जानकारी लिइरहेको जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.