१४ असोज, सुनसरी ।
मोरङको कानेपोखरी गाउँपालिका–६ सुन्तली बस्ने २१ बर्षिय चन्द्रबहादुर दर्जी मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाईते भएका छन ।दर्जी मंगलबार बिहान सवा ११ बजे करेन्ट लागेर गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारको लागी पथरी अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।