×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

का‌ंग्रेसको पनि समर्थन मागे प्रदेश २ का मुख्यमन्त्रीले

१० फाल्गुन २०७४

जनकपुर, फागुन ९
२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बिहीबार संसदमा विश्वासको मत लिँदैछन् । बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले संबोधन गर्दै विश्वासको मतको लागि प्रस्ताव गर्ने प्रदेश संसद सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ब्यक्तिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ ।

Advertisement
Advertisement

संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री राउतले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन् । उनले राजपा स‌ंसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसँगै गई का‌ंग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत माग्दै अनुरोध पत्र दिएका छन् ।

मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनेछन् । बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदान आहृवान गर्नेछन् ।

मतदानमा आफ्नो पक्षमा ५१ मत वा बढी आएमा लालवावु राउत मुख्यमन्त्री कायम रहनेछन् । पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिने प्रदेश संसद सचिवालयका उपसचिव यादवले बताए ।

प्रदेशसभा २ मा प्रत्यक्ष र समानुपातिक गरी १०७ सांसद रहेका छन् । जसमा मुख्यमन्त्री रहेको दल संघीय समाजवादी फोरमको २९ र राष्ट्रिय जनता पार्टीको २५ सदस्य छन् । दुवै दलको कुल सिट संख्या ५४ रहेको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ५४ मत यी दुई पार्टीसँगै छ ।

Advertisement
Advertisement

त्यस्तै एमालेको २१, कांग्रेसको १९, माओवादी केन्ऽको ११, संघीय समाजवादी पार्टीको १ र १ जना स्वतन्त्र सांसद छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top