नेकपाले फेरि सभामुख दाबी गरे उपसभामुख शिवमायाको पद गुम्ने

१५ असोज, काठमाडौं । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको छ । महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाले अब नयाँ सभामुख चयन गर्नुपर्ने हुन्छ । सभामखुको राजीनामापछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नेछन् । उनले नै नयाँ सभामुखको निर्वाचनको मिति तोक्नेछन् ।

अहिले संघीय संसदको अधिवेशन अन्त्य भएको छ । नयाँ अधिवेशनले नै सभामुख चयन गर्नु पर्नेछ । नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय तोकिएको छैन । तर नयाँ निर्वाचनपछि भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको पन्ध्र दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उपसभामुखले सभामुख चयनका लागि निर्वाचनको मिति तोके पनि आफैं सभामुखको उम्मेद्वार बनेको अवस्थामा बैठकको अध्यक्षता गर्न पाउने छैनन् ।

यस्तोमा उपसभामुख तुम्बाहाम्फे कायम रहँदा नेकपाले सभामुख पदमा उम्मेद्वारी दिन पाउने छैन । संविधानले सभामुख र उपसभामुख फरक(फरक राजनीतिक दलको हुनै पर्ने प्रावधान गरेको छ । यदि उपसभामुख आफैं सभामुख उम्मेद्वार बनेर विजयी भए उपसभामुख पद रिक्त हुनेछ र उपसभामुखका लागि पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।

नेकपाले सभामुख पद आफैंसँग राख्न चाहे पहिला उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने हुन्छ । उनले राजीनामा गरेको अवस्थामा मात्र नेकपाले सभामुखमा उम्मेद्वारी दिन सक्नेछ । यस्तोमा उपसभामुख पद तुम्बाहाम्फेले गुमाउने देखिएको छ ।

तत्कालीन एमाले र माओवादीबीच शक्ति बाँडफाँडका क्रममा माओवादीले सभामुख पद प्राप्त गरेको थियो । अहिले पनि पूर्वमाओवादीले सभामुख पदमा दाबेदारी दिए उपसभामुख तुम्बाहाम्फेको पद गुम्नेछ ।

महराले सभामुख पद गुमाएपछि पूर्वमाओवादी तर्फका देव गुरूङ, ओनसरी घर्ती लगायतका लागि सभामुख बन्ने बाटो खुलेको छ । कानुन पृष्ठभूमिका गुरूङ अहिले नेकपाका सचेतक छन् । पूर्वसभामुख भएका कारण ओनसरीको पनि सभामुख पदमा दाबेदारी छ ।

त्यस्तै नेकपा वृत्तमा पूर्वसभामुख तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ आफैं सभामुख बन्न चाहेको चर्चा पनि चलिरहेको छ । नेम्वाङ अहिले नेकपा संसदीय दलको उपनेता हुन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैलाई मिलाउने क्षमता भएका नेम्वाङको पुनः सभामुख हुने सम्भावना पनि देखिन्छ । तर संसदको हिउँदे अधिवेशन कहिले आह्वान हुन्छ र सभामुखको निर्वाचन कहिले हुन्छ भन्ने टुंगो भने छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top