नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा पहिलो पटक सहभागी हुँदै

१४ असोज ७६, बुधबार

१५ असोज, काठमाडौं । नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ ।

नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागी हुन लागिएको औंपचारिक जानकारी गराएको हो ।

अन्तराष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ । सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए ।

खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ अन्तराष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु प्रर्दशन हुनेछन् । जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडीहरु सहभागी हुने पनि महासेनानी रायमाझीले बताए ।

प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ । प्र

तियोगिताको उद्घाटन सर्तमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top