१५ असोज, काठमाडौं । नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ ।
नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागी हुन लागिएको औंपचारिक जानकारी गराएको हो ।
अन्तराष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ । सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए ।
खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ अन्तराष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु प्रर्दशन हुनेछन् । जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडीहरु सहभागी हुने पनि महासेनानी रायमाझीले बताए ।
प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ । प्र
तियोगिताको उद्घाटन सर्तमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।