अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको आफ्नै भवन बन्ने

९ फागुन ७४, बिहीबार

इटहरी, फागुन १०
पूर्व क्षेत्रका अपागंता भएका बालबालिकाहरुलाई स्वास्थ्य सेवा दिदै आएको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले इटहरीमा आफ्नै भवन बनाउने भएको छ ।

Advertisement

११ वर्षदेखि इटहरीबाट समेत अपागंता भएका बालबालिकाहरुलाई स्वास्थ्य सेवा दिदै आएको अस्पताल तथा पुनस्थापना केन्द्र काभ्रेले प्रदेश नम्बर १ मा इटहरीमा अस्पतालको भवन बनाउन लागेको हो ।

अपागंता भएका बालवालिकाहरुलाई स्वास्थ्य सेवा दिदै आएको अस्पतालले इटहरीमा सयममा निःशुल्क शिविर सञ्चालन गरी सेवा दिदै आएको इटहरीमा रहेको अस्पतालका प्रमुख मधुसूदन अधिकारीले जानकारी दिए ।

Advertisement

अस्पतालले अपागंता भएका विपन्न वर्गका बालबालिकाहरुको शिविरमार्फत पहिचान गरी सुविधा सम्पन्न काभ्रेमा रहेको आफ्नै अस्पतालबाट जटिल प्रकारका अप्रेसन सेवासमेत निःशुल्क उपलब्ध गराउँदै आएको प्रमुख अधिकारीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top