१८ असोज, काठमाडौँ ।
क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने औषधि व्यवस्था विभागले निर्णय गरेको छ ।
भिनब्लस्टाइन, सिप्प्लाटिन, भिनक्रिस्टाइन र एफभी नामक औषधि बजारमा अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा विशेष गरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ ।
शनिबार विभागमा औषधि आयातकर्तासित भएको छलफलमा विभागले क्यान्सर, मिर्गौला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशक दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।
अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य नलिन विभागले आयातकर्तासित आग्रह गरेको छ ।