×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

मोरङ प्रहरीको अप्रेशन,४३ वटा जिलेटिन नियन्त्रणमा

१८ आश्विन २०७६

१८ असोज, विराटनगर। वष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूह (नेकपा)का मोरङ जिल्ला सेक्रेटरी सहित २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरेको हो ।

गत असोज ९ गते नेकपा विप्लव समूहका युवा संगठन सदस्य विपिन भनिने रामु मग्राती विष्फोटक पदार्थको अनुशन्धानको सिलसिलामा पक्राउ परेको जनाइएको छ । यस्तै असोज १७ गते मोरङको बुढीगंगा गाँउपालिका ३ बस्ने मोरङ जिल्ला सेक्रेटरी आभाष भनिने कुमार खतिवडा विराटनगर ४ स्थित इक्राही चौकबाट पक्राउ परेको प्रहरीले बताएको छ । खतिवडाले राजेन्द्र लिम्वुको घरमा डेरा लिएर लुकाइ राखेको नेकपा विप्लव समूहका लिखित दस्तावेजहरु समेत प्रहरीले फेला पारेको छ । जसमा खतिवडाको सक्कल नेपाली नागरिकता, नेपाल कम्युनिष्ट पार्टीको सहयोग रसिद २ ठेली, मोवाइलहरु, पार्टीको छाप, झण्डा, रातो खवर पत्रिका लगायतका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

यसैगरी प्रतिबन्धित विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अप्रेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो । मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुले विष्फोटक पदार्थसहित उनीहरुलाई पक्राउ गरिएको बताए । यसअघि १२ साउनमा झापाको इलाका प्रहरी कार्यालय, विर्तामोडले झापामा विप्लव समूहले विष्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेको थियो ।

त्यसक्रममा २ सय ५ लोला विष्फोटक पदार्थ बरामद भएको थियो । दुवै अपरेशनमा १ नं. प्रदेश प्रहरी कार्यालयको सहयोग थियो । मोरङका एसपी विश्व अधिकारीले सूचना र सुराकीका आधारमा अपराधी पक्राउ गर्न सहज हुने भएकाले कसैमाथि शंका लागे तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरे ।

Advertisement
Advertisement

उनले आम सर्वसाधारणपनि प्रहरीको ठूलो सहयोगी हुने भन्दै यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सवैको साथको आवश्यकता रहेकोमा पनि जोड दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top