काठमाडौं, फागुन १०
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचिमा १ सय २२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि विश्वव्यापी सूचकांकमा नेपाल भ्रष्टाचार हुने देशहरुको १ सय २२ औं स्थानमा परेको हो । १ सय ८० वटा देश मध्ये नेपाल ३१ अंक प्राप्त गरी १ सय २२ औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले जानकारी दिए ।
नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको पनि ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकमा उल्लेख गरिएको छ । अध्यक्ष अर्यालले ३ वटै तहको निर्वाचन सम्पन्न भई सरकार बनेकाले अव नेपालमा भ्रष्टाचार घटदै जाने संकेत देखिएको सूचकांकमा उल्लेख गरिएको पनि स्पष्ट पारे ।
विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचिमा न्यूजिल्याण्ड रहेको छ भने सोमालियामा सबैभन्दा बढि भ्रष्टाचार हुने गरेको छ । दक्षिण एशीयाली राष्ट्रहरु मध्ये भारत ८१ औं स्थानमा परेको छ । त्यसैगरी भुटान २६ औं, श्रीलंका ९१ औं, मालदिभ्स १ सय १२ औं, पाकिस्तान १ सय १७ औं, बंगलादेश १ सय ४३ आंै स्थानमा परेको पनि सूचकांकमा उल्लेख गरिएको छ ।