२२ असोज, एजेन्सी ।
टर्कीले कुर्दिस सेनामाथि आक्रमण गर्न सिरियामा सेना पठाएको छ ।
अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सिरियाका सीमा क्षेत्रमा सेना पठाएको बीबीसीले जनाएको छ । कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर–पूर्वी क्षेत्रमा टर्कीका सैनिक ट्यांक गएपछि नयाँ त्रास फैलिएको छ ।
सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने आफ्नो निर्णयको फाइदा उठाएर कुर्दिस सेनामाथि आक्रमण गरे सह्य नहुने ट्रम्पको भनाइको बेवास्ता गर्दै टर्कीले सिरियामा आफ्ना सैनिक पठाएको हो ।
अमेरिकाले इस्लामिक स्टेट आईएसलाई हराउन कुर्दिस सेनालाई सहयोग गर्दै आएको छ ।
तर टर्कीले सिरियामा अमेरिकी हस्तक्षेप भएको भन्दै कुर्दिस सेनामाथि आक्रमण गर्न आईएसलाई सहयोग गर्दै आएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्दिस सेनामाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिएका थिए ।