×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कांग्रेसको चियापानमा धुलो,ब्युटी र मामाका कुरा

२६ आश्विन २०७६

२६ असोज, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक परम्पराहरुले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जीतको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले आइतबार सानेपास्थित पार्टी कार्यालयमा गरेको चियापान समारोहमा बिजया दशमी, दिपावली तथा छठको शुभकामना दिदै उनले संस्कृतिका नाममा विद्यमान गलत परम्परालाई परित्याग गर्दे राम्रा कुरालाई अंगाल्नुपर्ने बताएका हुन् ।

उनले समाजको सुसम्बन्ध र सुव्यवस्था बनाई राख्न तथा सत्यको जीत र असत्य पराजित हुन्छ भन्ने सन्देश हाम्रा परम्परा र संस्कृतिले दिने गरेको भन्दै उनले राम्रा कुरालाई निरन्तरता दिने अभ्यासमा जुट्नुपर्ने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसंगको सम्बन्ध ४५ बर्ष देखिको भएको उल्लेख गर्दै चाडपर्वले सम्बन्धलाई अझै राम्रो बनाउने बताए । सरकारको लोकतन्त्र प्रतिको निष्ठामा कांग्रेसले प्रश्न उठाएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले शुभकामना आदानप्रदानका बेला धुलो चकमक लगाउने काम नगरौँ भन्ने नवाफ दिए ।

Advertisement
Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए । उनले भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने विश्वास आफुले लिएको बताए । उनले राष्ट्रपति सीले आफुलाई चिन भ्रमणको निम्तो दिएको र आफुले ‘मिलाएर आउँछु ’भनेको पनि जानकारी गराए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसले स्थापित गरेको चियापान कार्यक्रम राष्ट्रिय राजनीतिक संस्कृति जसरी स्थापित भएको बताए । उनले परिर्वतनको सहयात्रीहरुको बीचको शुभकामनाको रुपमा आफुले चियापान कार्यक्रमलाई लिएको र सहयात्रीकै बीचमा आएको अनुभव आफुले गरेको बताए । दुई तिहाईको सरकार छ कस्तो सहयात्राको कुरा हो भन्ने संचारकर्मीको प्रश्नमा उन अहिले दुई तिहाइको कुरा नगर्न आग्रह गरे ।

नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्षीहरु सामाजिक कार्यक्रममा सहभागी हुने संस्कृति नेपाली राजनीतिको “ब्युटी” भएको टिप्पणी गरे । विदेशमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच बोलचाल पनि नहुने भन्दै उनले नेपालमा भने सांस्कृतिक कार्यक्रमहरुमा एकसाथ भेला हुने संस्कृति नेपाली राजनीतिको राम्रो पक्ष भएको बताए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भव्य र शानदार भएको दाबी गरे ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा राजनीतिक परिर्वतन ल्याउने समयमा भएको दलहरुबीचको सहकार्य र एकतालाई अहिले पनि निरन्तरता दिनुपर्ने बताए । उनले प्रतिपक्षी दलले राष्ट्रिय मुद्धाहरुमा सरकारसंग सहकार्य र एकता गरेर आर्थिक सम्मृद्धिको लक्षय हासिल गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

Advertisement

समाजवादी पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको सवालमा आफुहरु सधै कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताए । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सफल रहेको भन्दै उनले दुवै सरकारलाई धन्यवाद र बधाई पनि दिए । उनले भ्रमणको सफलतालाई ‘मामाको कोसेली’को रुपमा विश्लेषण गर्न नहुने टिप्पणी गरे ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top