×

NEPAL TIMES UPDATES

Playing
संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ? || Nepal Times
May 12, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 12, 2026
Playing
सरकारी ‘एक्सन’ सम्झौताअनुसार काम नगर्ने १४कम्पनी कालो सूचीमा|| Nepal Times
May 12, 2026
Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026
Playing
ट्रेड युनियन र विद्यार्थी संगठन खारेज नहुने,न्यायाशीश विभाजित|| Nepal Times
May 11, 2026
Playing
नीति तथा कार्यक्रममा के आए नयाँ विषय? पानी ब्रान्डिङ, एआईदेखि रेलसम्म || Nepal Times
May 11, 2026

जापानमा आएको ‘हागिबिस’ तुफानका कारण ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

२७ आश्विन २०७६

२७ असोज, एजेन्सी । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको छ । आँधीपछि करिब २० जना बेपत्ता भएको उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो ।  उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुबानमा परेका छन् ।

सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।

स्थानीयहरूले आँधी विगत ५० वर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेका छन् ।

मन्त्रालयका अनुसार कतिपय वस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्दारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् ।

Advertisement

नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरूद्ध बनेका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्वाहरूमा क्षति पुगेको छ । आइतबार तुफानको प्रभाव कम भएको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top