×

NEPAL TIMES UPDATES

Playing
अन्तरिम सरकारको कार्यभार पूरा, सबैलाई धन्यवाद— प्रधानमन्त्री Sushila Karki को अन्तिम सम्बोधन|
Mar 26, 2026
Playing
बालेनको छातीले तान्यो सबैको ध्यान, के हो ‘सिलाम साक्मा’ ? || Nepal Times
Mar 26, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026
Playing
World News: कुवेत, बहराइन र यूएईमा ह*म*ला,मादुरो अदालतमा, विश्वभर उर्जा संकट || Nepal Times
Mar 26, 2026

नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

२९ आश्विन २०७६

२९ असोज, काठमाडौँ । 

सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् ।

Advertisement

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएपछि आफूहरुको लामो समयदेखिको माग पूरा भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।

साविक धवलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एकमात्र सडकको रूपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत पाँच वर्षदेखि पर्वत उद्योग वाणिज्य सङ्घले पहल गर्दै आएको थियो ।

धवलागिरि क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चीनको कोरला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यसअघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षणपत्रसमेत बुझाइएको थियो ।

प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन मात्र होइन, ढुवानी र समयसमेत बचत हुने र ओझेल परेको धवलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले बताए ।

दूरीका हिसाबले पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ । यसअघि पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लादेखि पोखराको पामेसम्म सुरुङमार्गले जोड्न प्रस्ताव गरिएको थियो । अहिले सम्भाव्यता अध्ययन गर्न थालिएको नयाँपुल–हेम्जाको दूरी झण्डै ४० किलोमिटर रहेको छ । तर सुरुङमार्ग निर्माणपछि आठदेखि १० किलोमिटरको दूरीमा जोडिने अनुमान गरिएको छ ।

उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौँ पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले भारत र चीनको व्यापारिक रुटको रूपमा काम भइरहेको कालीगण्डकी करिडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राका लागि पर्यटक भित्र्याउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको सङ्घका अध्यक्ष शर्माको भनाइ छ ।

Advertisement

मन्त्रालयले यो वर्ष पोखरा–बागलुङ सडकमा पर्ने हेम्जा–नयाँपुल सुरुङमार्गसँगै टोखा–छहरे–गुर्जे भन्ज्याङ, कोटेश्वर–जडीबुटी, खुर्कोट–चियावारी, सिन्धुली, कैलाली खुटिया–बिपीनगर–दिपायल खण्ड, थानकोट–चित्लाङ, गोदावरी, ललितपुर–मानेचौर, काभ्रे, नयाँ बनेश्वरमा अण्डरपास, कुलेखानी–भीमफेदी, बुटवल–सिद्धबाबा, दोलखाको लामाबजार, बुटबल–नारायणगढको दाउन्ने खण्ड, बेत्रावती–घट्टेखोला, स्याफ्रुबेँसी खण्डमा सुरुङमार्गको अध्ययन गर्ने भएको छ । रासस

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top