सन्दीप टी–१० लिगका लागि कर्नाटकासंग ४० हजार डलरमा आबद्ध

३० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजनको टी–१० लिग कर्नाटका टर्स्कर्सबाट खेल्ने भएका छन् ।

बुधबार राति अबुधावीमा भएको ड्राफ्टमा सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै आफ्नो टिममा आबद्ध गरेको हो । सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए । गत वर्ष भन्दा सन्दीपको पारिश्रमिक १० हजार डलर बढेको छ ।

गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४० हजार डलरमा आबद्ध भएको सन्दीपका सहयोगी रमन सिवाकोटीले जानकारी दिए । सन्दीपको टिम कर्नाटकामा दक्षिण अफ्रिकाका ब्याट्स म्यान हसिम अमला आइकोनीक खेलाडीको रुपमा आबद्ध छन् ।

यस्तै वेस्ट इन्डिजका इभिन लेविस, जोनसन चार्ल्स, फाबियन एलन र मार्लोन स्यामुयल्स पनि कर्नाटकामा आबद्ध भएका छन् । अफगानिस्तानका साइपुर जार्डान र युएईका सिकन्दर राजा पनि सन्दीपको टिममा छन् ।

प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ । १० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ ।

सन्दीपको कर्नाटकासँगै टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top