कांग्रेसले जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिका अध्यक्षसम्मलाई प्रशिक्षण दिने

२९ असोज ७६, बिहीबार

३० असोज, काठमाडौं ।
नेपाली कांग्रेसले आफ्नो पार्टीको तर्फबाट निर्वाचित भएका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिका अध्यक्षसम्मलाई प्रशिक्षण दिँदैछ।

Advertisement

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दिन लागेको प्रशिक्षण शुक्रवारबाट भक्तपुरको मध्यपुर थिमीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा दुई दिनसम्म चल्नेछ।

प्रशिक्षणमा कांग्रेसबाट गत निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरु, सम्बन्धित गाउँपालिकाका नेपाली कांग्रेसका सभापतिहरु र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन्।

Advertisement

कार्यक्रमको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेसले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top