अब सरकारमा बसिराख्नुको औचित्य छैनःभट्टराई

अब सरकारमा बसिराख्नुको औचित्य छैनःभट्टराई

३० असोज, गोरखा ।
समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरू सत्ताको साझेदारको रूपमा नभई संविधान संशोधनका लागि दुई तिहाइ पुर्‍याउन सरकारमा सामेल भएको बताएका छन् ।

बिहीबार गृहजिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले संविधान संशोधनका लागि आफु सरकारमा सामेल भए पनि संशोधनका लागि प्रधानमन्त्री नै तयार नदेखिएकोले सरकारमा बसिराख्नुको औचित्य नभएको पनि भट्टराईले उल्लेख गरे ।

‘प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्नेलाई छेडखानी गर्नुहुन्छ। यो त दिनदिनै गाइरहने गीत हो भन्नुहुन्छ,’ उनले भने, ‘डेढ वर्ष भइसक्यो अब सरकारमा बसिराख्नुको औचित्य छैन, सरकार छाडेर जनताको बीचमा जान्छौं।’

पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय औपचारिक रूपमा गर्ने भट्टराईले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.