उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

२९ असोज ७६, बिहीबार

३० असोज, काठमाडौं ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने बेइजिङ स्याङ्ग्सन फोरममा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

Advertisement

उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गरेका थिए।

पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार शुक्रबार उद्घाटन हुने प्रतियोगितामा भाग लिन बुधबार राति नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन्।

Advertisement

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ।

प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ। स्याङ्ग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ। उपप्रधानमन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कनेछन्। (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top