महिला च्याम्पियन्स लिग : विराटनगरको विजयी सुरुवात, ज्योतीको अर्ध शतक

३० असोज ७६, शुक्रबार

३० असोज, काठमाडौँ ।
ओपनर तथा विकेटकीपर ज्योती पाण्डेले अर्ध शतक प्रहार गरेसँगै काठमाडौमा जारी वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा टस हारेर ब्याटिङ विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गदै डब्लूसिएलमा सुखद सुरुवात गरेको हो ।

१ सय २३ रनको विजयी लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरको जितमा ओपनर ज्योती पाण्डेले सर्वाधिक ६५ रनको योगदान दिइन् । १३ ओभरको पाँचौ बलमा क्याच आउट हुनुअघि ज्योतीले ४३ बलमा १० चौका १ छक्का प्रहार गरिन् । ज्योतीले २५ बलमै अर्ध शतक पुरा गरेकी थिन् । पहिलो विकेटका लागि ज्योती र सोनु खड्काले ९।१ ओभरमा ८३ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।

रन आउट हुनुअघि सोनुले २६ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । लक्ष्मी चौधरी ११ ओभरको पहिलो बलमा शून्यमा रन आउट हुन पुगिन् । अस्मिना कर्मचार्य १३२ बलमा चौका सहित १२ रनमा अविजित रहिन् ।ललितपुरका लागि सम्झना खड्काले २ र करुणा भण्डारीले १ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन जोडेको थियोे । ममता चौधरीले सर्वाधिक २८ रन जोडिन् । १७ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि उनले २४ बलमा ३ चौका प्रहार गरिन् । ललितपुरका ५ खेलाडी रन आउटको शिकार बन्न पुगे । दोस्रो ओभरको पाँचौ बलमा ओपनर सरिता दिसवा मगर १ रनमा रन आउट भइन् ।

कप्तान नेरी थापा पाँचौ ओभरको चौथो बलमा ४ रनमा आउट हुन पुगिन् । नवौं ओभरको अन्तिम बलमा सवनम राइले ओपनर रोशनी बोहरालाई ९ रनमा आरती बिडारीबाट क्याच आउट गराएपछि ललितपुर दबाबमा परेको थियो ।

दशौं ओभरको पाँचौ बलमा शान्ती चौधरी पनि ९ रनमा रन आउट हुन पुगिन् । ११ ओभरको अन्तिम बलमा कविता जोशीलाई आरती बिडारीले १ रनमा बोल्ड आउट गरेपछि ललितपुर ४७९५को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा करुणा भण्डारीले १८ बलमा समान १ चौका र छक्का सहित २१ रन जोडिन् । सम्झन खड्का र कृती सेन समान १३ रनमा अविजित रहे । विराटनगरका लागि सवनम राइ र आरती विडारीले १–१ विकेट लिए । अब विराटनगरले शुक्रबार पोखरा पल्टनसँग खेल्ने छ भने ललितपुरले चितवन राइनोजको सामना गर्ने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top