१ कार्तिक, काठमाडौँ ।
गुन्डा नाइके बाघे भनिने सन्देश लामा स्वयम्भू चमतेबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरेको हो । तोकिएको भन्दा कम सामान दिएर ठगी गरेको आरोपमा प्रहरीले लामासहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ।
त्यस्तै २३ वटा ट्रक–टिपरसहित १३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु स्वयम्भू, महाराजगन्ज र बालाजुबाट पक्राउ परेका हुन् ।