ट्रयाक्टरबाट लडेर २२ बर्षीय युवकको ज्यान गयो

१ कात्तिक ७६, शुक्रबार

१ कार्तिक, मोरङ ।

Advertisement

मोरङको मिक्लाजुङ गाउँपालिका– ६ भण्डारी चोकका २२ बर्षीय मिलन कार्कीको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार बिहान पौने ९ बजे मधुमल्ला दमक भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरमा सवार रहेका कार्की ट्याक्टरबाट लड्दा पछाडीको चक्काले किचेर घाईते भएका थिए ।

Advertisement

उनलाई उपचारको लागि झापा दमकको लाईफ लाईन अस्पताल लगिएको थियो । उपचारकै क्रममा कार्कीको मृत्यु भएको हो । मृतकको शव परिक्षणको लागि आम्दा अस्पताल पठाईएको छ भने ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top