एमबिबिएस र बिडिएस अध्ययनको शुल्क ४.५ प्रतिशतले वृद्धि

२ असोज,काठमाडौं ।
यस शैक्षिक सत्रका लागि एमबिबिएस र बिडिएस अध्ययनको शुल्क निर्धारण गरिएको छ ।

राष्ट्रिय चिकित्साशिक्षा आयोगले गत वर्ष मन्त्रिपरिषद्ले निर्धारण गरेको शुल्कमा ४ दशमलव ५ प्रतिशतले वृद्धि गरी नयाँ शुल्क निर्धारण गरेको हो ।

शुक्रबार सार्वजनिक गरिएको नयाँ शुल्कअनुसार काठमाडौं उपत्यकाभित्रका विद्यार्थीले अब एमबिबिएस अध्ययनका लागि कुल ४० लाख २३ हजार २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।

उपत्यकाबाहिरका कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि भने एमबिबिएस अध्ययनबापत कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरिएको छ । बिडिएसतर्फ भने देशभर अध्ययन गर्ने विद्यार्थीका लागि समान शुल्क निर्धारण गरिएको छ ।

बिडिएसका विद्यार्थीले कुल २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । नयाँ शुल्कअनुसार काठमाडौं उपत्यकाभित्रका विद्यार्थीले अब एमबिबिएस अध्ययनका लागि १ लाख ७३ हजार २ सय ५० रुपैया बढी तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी उपत्यकाबाहिरका कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि भने एमबिबिएस तर्फ १ लाख ५८ हजार ६ सय २५ रुपैया बढी तिर्नुपर्ने भएको छ । साथै बिडिएका लागि ८६ हजार ९ सय ६८ रुपैया बढी तिर्नुपर्ने भएको छ ।

आयोगले ऐनको व्यवस्थाअनुसार निर्धारित शुल्कको एकतिहाइ पहिलो वर्ष विश्वविद्यालयमार्फत र बाँकी रकम वार्षिक किस्ताबन्दीमा लिने व्यवस्था सम्बन्धित विश्वविद्यालयले मिलाउने निर्णय गरेको छ । विगतमा पनि मन्त्री परिषदले यहि निर्णय गरेको थियो ।

सरकारले विगत वर्षदेखि नै शुल्कनिर्धारण गरे पनि कलेज सञ्चालकहरूले तोकिएभन्दै लाखौँ बढी रकम अवैध असुली गर्दै आएका छन् । पिडित विद्यार्थीहरुले पटक पटक शुल्कका बिषयलाई लिएर पछिल्लो समय आन्दोलन चर्काएपछि सरकारले कलेज सञ्चालकहरूलाई अवैध असुल गरेको रकम फिर्ता गर्न २महिनाको अल्टिमेटम दिएको थियो ।

तर संचालकहरुले सरकारलाई उल्टै धम्क्याउँदै शिक्षा तथा विज्ञान मन्त्रीको पदनै खोस्ने सम्मका धम्की दिँदै आएका र सरकारले तोकेको शुल्कमा विद्यार्थी भर्ना नगर्ने भन्दै प्रधानमन्त्री समक्ष साँचो बुझाएर समेत धम्क्याएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top