हङकङकी नेतृ क्यारी लामले किन मागिन् क्षमा

३ कात्तिक ७६, सोमबार

४ कात्तिक, हङकङ ।
मुस्लिम समुदायमाथि भएको अभद्र व्यवहारप्रति हङकङकी नेतृ क्यारी लामले क्षमा मागेकी छिन् ।

सोमबार हङकङ सहरमा रहेको मुख्य मुस्जिदमा प्रहरीले पानीको फोहोरा प्रहार गरेकोमा त्यसप्रति खेद स्वरुप उनले क्षमा याचना गरेकी हुन् ।

एसियन फाइनान्सियल हबमा प्रजातान्त्रिक समर्थकले प्रदर्शन गरेपछि आइतबार राति गरिएको प्रहरी कारबाहीका क्रममा पानीको फोहोरा प्रहार गरिएकोमा नेतृ लामले क्षमता याचना गरेकी हुन् ।

नेतृ लाम मंगलबार बिहानै कोलून जिल्लामा रहेको उक्त मस्जिदमा पुगेकी थिइन् । मुस्लिम समुदायप्रति भएको उक्त घटनामा दुख व्यक्त गर्न उनले टाउको सलले छोपेकी थिइन् ।

जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन उनी जापान प्रस्तान गरेकी छन् । विगत पाँच महिनादेखिको राजनीतिक अस्थिरताका कारण मुस्लिम समुदायले देखाएको धैर्यताप्रति हङकङ सरकारले धन्यवाद व्यक्त गरेको छ ।

आइतबार राति कोलूनमा प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीहरुले पेट्रोल बम प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन र प्रदर्शनकारीलाई पहिचान गर्न प्रहरीले निलो रंग मिसाइएको पानीको फोहोरा प्रहार गरेको थियो ।(रोयटर्स)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top