×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैतडीमा स्काभेटरले च्यापेर एक जनाको मृत्यु

७ कार्तिक २०७६

७ कात्तिक, काठमाडौँ । 

ग्रामीण तथा पहाडी क्षेत्रमा कच्ची सडक निर्माणको होड चलेको छ । स्थानीय तहले धमाधम सडक निर्माणलाई प्राथमिकता दिएका हुन् । सडक निर्माणमै परिचालित स्काभेटरले च्यापिएर बिहीबार बैतडीमा एक जनाको मृत्यु भएको छ भने रुकुमपूर्वमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Advertisement
Advertisement

प्रहरीका अनुसार बैतडीको मेलौनी नगरपालिका–५ पेलेमा आज स्काभेटरले च्यापिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो । लेकबाट पेलेसम्मको शाखा सडक खन्दै गरेको स्काभेटरमा च्यापिएर स्थानीय ५५ वर्षीय शुक्रबहादुर पुजाराको मृत्यु भएको हो ।

भुईमा खसेका पुजारालाई सोही स्काभेटरले च्यापेको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तस्वदेहीले जनाएको छ । केही दिनअघि बैतडीकै दशरथचन्द नगरपालिकामा कच्ची सडक खन्ने क्रममा विवाद ८ जना घाइते भएका थिए । सहमति विना सडक खन्न नदिने अडान राख्दै आएका स्थानीयलाई स्काभेटर चालकले स्काभेटर नै प्रयोग गरेर लखेटेका थिए ।

Advertisement

यस्तै, रुकुमपुर्वको भुमे गाउँपालिका–२ सैपातुनमा बिहीबार डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ कै ४८ वर्षीय दुर्गाबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको हो । रा१ग २९ नम्बरको जेसिवी डोजर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।रासस

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top