शुक्रबार सुनचाँदीको भाउ केही रुपैंयाले बढ्यो

८ कात्तिक ७६, शुक्रबार

८ कार्तिक, विराटनगर । पछिल्लो समय अस्थिर रहेको सुन चाँदीको भाउ शुक्रबार केही रुपैयाँले वृद्धि भएको छ ।

Advertisement

तोलामा ६ सय रुपैयाँ बढेर सुन शुक्रबार प्रतितोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि नै तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top