पाँचथर सदरमुकाम जोड्ने अधिकांस सडक कच्ची

१४ फागुन ७४, मंगलबार

पाँचथर, फागुन १५
सडक सञ्जाल विस्तारका दृष्टिकोणले देशकै तेस्रो भनिएको पाँचथर सदरमुकाम फिदिमसँग जिल्लाका स्थानीय तहसम्म जोड्ने अधिकांश सडक भने कच्ची रहेकाछन् ।

मेची राजमार्गले छोएको जिल्ला स्थित राँकेदेखि काबेलीसम्मको ९३ र मध्यपहाडी लोकमार्गमा पर्ने जोरसालदेखि तमोर नदीसम्मको १० किलोमिटर बाहेक सबै सडक कच्ची रहेकाले त्यहाँ गुड्ने सवारी र चालकले बाह«ैमास सास्ती व्यहोर्नु परेको छ । वर्षायाममा हिलाम्ये हुने यी सडकमा हिँउद महिना धुलाम्मे भएकाले सवारी साधन चलाउने सँगै सडक छेउका वस्तीहरुका सर्वसाधारणलाई पनि सास्ती हुने गरेको स्थानियले बताएका छन् ।

जिल्लाका ८ स्थानीय तहका ६० वडामा २ हजार २ सय ५० किलोमिटर सडक खनिएपनि १ सय ३ किलोमिटर मात्रै सडक कालोपत्रे छ । बाँकी २ हजार १ सय भन्दा धेरै सडक कच्ची रहँदा बर्षामा हिलो र हिँउदमा धुलोका कारण कुनैपनि सडकमा बाह«ैमास सवारी सञ्चालन हुन सकेका छैनन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top