नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

काठमाडौँ : नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ ।देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन् ।

गएको असोज ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई , मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रालय अवलोकन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए ।,यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.