मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

१७ कात्तिक ७६, आइतबार
Share this
714shares

१७ कात्तिक, काठमाडौं । सरकारले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका थिए ।

Advertisement

यसअघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले भने डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न सिफारिश गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top