देउवाको फोटो पोष्ट गरेपछि आसिफ विवादमा,‘घामड शेरे’ सुदूरपश्चिममा चल्न नदिने चेतावनी

१६ कात्तिक ७६, आइतबार

१७ कात्तिक, काठमाडौँ ।
चलचित्र ‘घामड शेरे’ को पोष्टर र नेपाली काँग्रेसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेर विवादमा तानिएका कलाकार तथा निर्देशक आसिफ साहले माफी मागेका छन् । काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको विरोधपछि शाहले आईतबार अर्को एक स्टाटस पोष्ट गर्दै अघिल्लो पोष्टबारे स्पष्टिकरण दिएका हुन् ।

शनिबार फिल्म ‘घामड शेरे’ को पोष्टर र नेपाली काँग्रेसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर फेसबुक पेजमा पोष्ट गरेपछि उनी विवादमा मुछिएका थिए ।उनले सार्वजनिक गरेको पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए ।

नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् । सभापति कपिलले लेखेका छन् ‘कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा आममाफी माग्नुपर्छ होइन भने सुदुर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुप प्रवेशमा त्यस्ता कलंकलाई पूर्ण निषेध गरिनेछ । जय नेपाल ।’

Advertisement

शाहले माफी माग्दै ‘मैले कोही व्याक्ति वा संस्थाको भावनामा चोट पुर्याउन चाँहेको थिइनँ । म कुनै राजनीतिक दलसँग नजोडिएको बताउन चाहन्छु’, उनले अगाडि लेखेका छन् ‘हल्का ठट्यौली मात्र गरेको थिएँ । तपाईंहरुलाई चोट परेको भए माफी माग्दछु ।’ माफीसँगै शाहले अघिल्लो स्टाटस समेत डिलिट गरेका छन् । तर उनको अघिल्लो स्टाटस उनको पछिल्लो माफी भरिएको स्टाटसको कमेन्टमा उनकै फ्यानले पोष्ट गरिदिएका छन् ।

आसिफ केही पहिले प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ का निर्देशक कलाकार हुन् । उनी पछिल्लो समय नेपाल आइडल होष्टको रुपमा समेत चर्चित छन् । ‘घामड शेरे’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । यो फिल्ममा आसिफको कुनै पनि भूमिका छैन । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा ‘रियललाइफ कपल’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top