×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आज फाल्गुनन्द जयन्ती, यस्तो छ उनको योगदान

२५ कार्तिक २०७६

२५ कात्तिक, काठमाण्डौ ।
किराँत धर्मगुरु तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १ सय ३५ औँ जन्मजयन्ती आज मनाइँदैछ । उनका अनुयायीहरुले विशेष पर्वका आजको दिनलाई पर्वको रुपमा मनाउने गरेका छन् । जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित काठमाण्डौ उपत्यका र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम हुँदैछन् ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई हरेक वर्ष विशेष पर्वका रुपमा मनाउने गरिन्छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाइँदैछ । विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किराँत धर्मावलम्बीहरूका लागि सरकारले सार्वजनिक पनि बिदा दिन थालेको छ ।

Advertisement
Advertisement

फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले उनलाई समान श्रद्धा र आस्था राख्छन् । उनले किराँत धर्म, दर्शन र संस्कृतिको पुनःजागरणका क्रममा कुम्भकर्ण हिमशृङ्खलालाई किराँत धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रुपमा पहिचान गराएका थिए । उनले तयार पार्नुभएको सत्यधर्म मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ ।

विक्रम संवत १९८८ मा लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारलाई परिवर्तन गर्न उनले तत्कालीन १० लिम्बूवान क्षेत्रका शासक, विद्वान् र धार्मिक–सामाजिक अगुवालाई भेला गराएर सत्यधर्म मुचुल्का तयार पारेका थिए ।

सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत अर्थात पैसा लिन नहुने, भगवानको पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक, सांस्कृतिक पक्ष समेटिएका छन् ।

त्यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का तयार भएपछि छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य भएको किराँत समुदायका अगुवा बताउँछन् । लिंगका आधारमा हुने विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानका सन्तानका रुपमा व्याखा गर्ने प्रयास गरेको छ । यस्तै मुचुल्काले शाकाहारी जीवन पद्धतिमा जोड दिएको छ ।

यस्तै जाँडरक्सीले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन गर्न नहुने कुरा मुचुल्कामा समावेश छ ।

अभियानकर्मीदेखि राष्ट्रिय विभूतिसम्म
सत्य, शान्ति र अहिंसाका दूत एवं अभियानकर्मी महागुरु फाल्गुनन्दको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा भएको थियो । किराँत धर्म, संस्कृति र कर्मकाण्डको सुधार गर्ने कार्यमा अहोरात्र खट्ने क्रममा उनको २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा देहवसान भएको थियो ।

इलाममा जन्म भए पनि पाँचथरलाई कर्मथलो बनाएका महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटी पाँचथरको फिदिम नगरपालिकामा पर्छन् । फाल्गुनन्दले दिएको योगदानको सम्मानस्वरुप नेपाल सरकारले उनलाई २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको नाममा हुलाक टिकट पनि प्रकाशित छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किराँत समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रितको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए ।

Advertisement

इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेका माङ्हिम अहिले किराँत धार्मिक स्थलको रूपमा प्रसिद्ध छ भने पाँचथरको लेब्रेकुटी, सिलौटीलगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top