आइएमईको डबलको डबल युएईका ४ नेपालीलाई

आइएमईको डबलको डबल युएईका ४ नेपालीलाई

२९ कार्तिक, विराटनगर । आइएमईले सञ्चालनमा ल्याएको ‘आइएमई दसैँ, तिहार छठ ः डबलको डबलको डबल उपहार योजना’ अन्तर्गत युएईका चार जना भाग्यमानी नेपाली परेका छन् ।

हालै सार्बजनिक दोस्रो महिनाको साप्ताहिक विजेतामा युएईबाट क्रमशः चितवनका जनक कार्की तथा कपिलवस्तुका दासुराम थारु परेका छन् ।

जनक कार्कीले ‘अल अहलिया’ एक्चेन्जबाट ‘आइएमई’ मार्फत रेमिट्यान्स पठाएका थिए । उनले योजनाको दोस्रो महिनाको मासिक विजेता भई पठाएको ४५ हजार ९ सय ४३ रुपैयाकाको चार गुना रकम अर्थात रु १ लाख ८३ हजार ७ सय ७२ नेपाली रुपैयाँ जित्न सफल भएको आइएम इ का युएई प्रमुख उत्तम बस्नेतले बताए ।

त्यसै गरि अर्का बिजेता दासुराम थारुले अल अन्सारी एक्स्चेन्जबाट आइएमई गरी साप्ताहिक विजेता घोषित भएका छन् । थारूले पठाएको २५ हजार रुपैयाँ को डबल रकम अर्थात ५० हजार रुपैया रकम जित्न सफल भएको प्रमुख बस्नेतले बताए ।

दसैँ तिहार छठ लक्षित योजना सेप्टेम्बर १, २०१९ देखि नोभेम्बर १६, २०१९ सम्मको लागि सञ्चालनमा रहेको थियो । योजना अन्तर्गत ‘युएई’बाट हालसम्म ४ जनाले आइएमई मार्फत रेमिट्यान्स पठाएर बिजेता बनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.