×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

युनिभर्सल कलेजमा आन्दोलनरत विद्यार्थीहरुद्वारा ६ बुँदे माग राखी रिले अनसन शुरु

२९ कार्तिक २०७६

२९ कात्तिक, बुटवल । सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्तालगायत ६ बुँदे माग राखी आन्दोलनरत विद्यार्थीहरुले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन् ।

विद्यार्थीका माग सम्बोधन गर्ने तर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिकरुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाब दिन अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरिएको विद्यार्थीले बताएका छन् ।

Advertisement
Advertisement

कलेजको मुख्य गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको कालो ब्यानर टाँगेर विद्यार्थीहरु बिहान ६ बजेदेखि नै अनसन बसेका छन् । रिले अनसनमा एमबीबीएस, बीडीएस, नर्सिङ र प्यारामेडिक्स अध्ययनरत विद्यार्थी सहभागी छन् ।

माग पूरा गर्न दबाब दिन विद्यार्थीहरुले चार दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए । तालाबन्दी कायमै रहेपनि कलेजले प्रशासनिक काम नरोकेर आन्दोलनलाई बेवास्ता गरेकाले रिले अनसन बस्नुपरेको विद्यार्थीहरुको भनाइ छ ।

युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ । युनिभर्सल मेडिकल कलेजमा कात्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा छन् । आन्दोलनका कारण १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प छ ।

सरकारको निर्देशन पालनामा कलेजले अटेर गरेपछि रिले अनसनसँगै अतिरिक्त शुल्क फिर्ताको लागि पहल गरिदिन माग गर्दै सबै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अलग(अलग निवेदन दिने तयारी पनि गरेका छन् ।

विद्यार्थीहरुले बढी लिइएको शुल्क फिर्ता, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोकेअनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्ड अनुसार वृद्धि गर्नुपर्ने, आन्दोलन गरेको आधारमा विभेद गर्न नपाइनेलगायतका माग राखेका छन् । सरकारले बढी असुल गरिएको शुल्क १५ दिनभित्र फिर्ता गर्न यही आइतबार दोस्रोपटक मेडिकल कलेजहरुलाई अल्टिमेटम दिएको छ ।

यसअघि असोज ६ गते एकमहिने अल्टिमेटम दिएको थियो । सरकारको निर्णय अटेरी गरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने सरकारको चेतावनी छ । काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सरकारी सीमा छ ।

Advertisement

युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ । युनिभर्सल मेडिकल कलेजले एमबीबीएस विद्यार्थीसँग मात्र नभई बीडीएस, नर्सिङ र प्यारामेडिक्स पढ्ने विद्यार्थीसँग पनि सरकारले तोकेभन्दा बढी शुल्क असुलेको आरोप छ ।

भर्खरको समाचार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

सम्बन्धित खबरहरु

Scroll to Top