इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

२९ कार्तिक, एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

इन्डोनेसियाको मालुकु टापुमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । जुन टर्नेटे बन्दरगाह भएको सहरबाट ४५ किलोमिटर टाढा पर्छ । भूकम्पपछि यहाँका भूगर्भ्विद्हरुले सुनामीको खतरा औंल्याएका हुन् ।

समुद्री किनारमा र होचो भूभागमा सुनामीको असर पर्नसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सचेत गराइएको छ । भूकम्पको ठूलो धक्का महसुश भएकाले यसको असर सुनामीमा देखिनसक्ने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top