टि–१० लिग : पारसको डेब्यु खेल नै ‘टाई’

एजेन्सी, कात्तिक ३० ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले टि–१० क्रिकेटमा डेब्यु गरेको खेल टाई भएको छ । पारस आवद्ध टिम आबुधावी र कलन्दर्सले खेल टाई भएसँगै अंक बाँडेका हुन् । जितका लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३ रन बनाएपछि खेल टाई भएको हो । टि–१० लिगको नियमअनुसार समूह चरणका खेलमा स्कोर बराबर भएमा अंक बाँड्ने प्रावधान रहेकोले दुवै टोलीले १–१ अंक बाँडेका छन् । प्लेअफ चरणका खेलमा मात्र सुपर ओभर रहनेछ ।

कलन्दर्सका लागि विकेटकीपर लुक रोन्ची २३ र फिलिप साल्टले २२ रन जोडे । दोस्रो ओभरको अन्तिम बलमा रिचर्ड ग्लीसनले ओपनर टम ब्यान्टनलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उनले ९ बलमा ३ चौका १६ रनको योगदान दिए । कप्तान डेविड मालनले ३३ रनको योगदान दिए । सातौ ओभरको दोस्रो बलमा क्याच आउट गर्नु अघि मालनले १८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । रिचर्ड ग्लीसन १ र डी लेन्जले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको टिम अबू धाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोरी एन्डरसनले २२ बलमा समान ३ चौका र छक्का सहित ४३ रनको योगदान दिए । एन्डरसनलाई क्रिस जोर्डनले अन्तिम ओभरको चौथो बलमा सुल्तान अहमदबाट क्याच आउट गराए । ओपनर निरोसन डिकवेलाले ७ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । डिकवेलालाई दोस्रो ओभरको तेस्रो बलमा लाहिर कुमाराले क्याच आउट गराए ।

चौथो ओभरको चौथो बलमा कप्तान मोइन अली ७ रनमा क्याच आउट भए । छैटौं ओभरको पहिलो बलमा जोर्डन कलार्कले लुक राइटलाई २० रनमा बोल्ड गरे । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । ८ औं ओभरको अन्तिम बलमा लाहिरु कुमाराले लुइस ग्रेगरीलाई ११ रनमा बोल्ड आउट गरे । ग्रेगरी आउट भएसँग पारस ब्याटिङको लागि मैदान छिरेका थिए ।

पारसले ९ औं ओभरको अन्तिम बलमा जोर्डन कलार्कलाई २ रन जोडेका थिए । अन्तिम ओभरको पाँचौ बलमा क्रिस जोर्डनको बल पारसले डट खाए । अन्तिम बलमा पारसले १ रन लिए । पारस ३ बलमा ३ रनमा अविजित रहे । कलन्दर्सका लाहिरु कुमाराले २ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन, जोर्डन कलार्क र सीक्कुगे प्रसन्नाले समान १ विकेट लिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top