भाइहरुले कुटेरै दिदीको ज्यान लिए

भाइहरुले कुटेरै दिदीको ज्यान लिए

३० कात्तिक, विराटनगर ।
मोरङको कानेपोखरीमा भाइहरुको कुटाईबाट दिदीको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका १ होक्लाबारीमा सीता सोरेनलाई उनका दुई भाईले कुटपिट गर्दा मृत्यु भएको हो । सीताका भाइहरु ५१ वर्षीय विजय र ३२ वर्षीय वीरेन्द्र किस्कुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार अपरान्ह ५ बजे उनीहरुले जग्गाको विषयमा विवाद हुँदा दिदी सीता सोरेनलाई कुटपिट गरेका हुन् ।

भाइहरुको कुटपिटबाट घाइते भएकी सीतालाई उपचारको लागि विराट नर्सिङ होम विराटनगर ल्याइएको थियो । उनको उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्ने विजय र वीरेन्द्रलाई नियन्त्रणमा लिएको

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.