ओली सरकार लम्पसारवादः देउवा

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, कञ्चनपुर ।
भारतसँग भएको महाकाली सन्धिमा पनि महाकाली नदीको उद्गमस्थल पूर्वको भूमिलाई नेपाली भूभागका रुपमा व्याख्या गरिएको नेपाली कांग्रेसका सभापती शेरबहदुर देउवाले बताएका छन् ।

शनिवार बिहान सदरमुकाम महेन्द्रनगरमा नेपाल प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले कालापानी नेपालको भूभाग भएको दोहोर्याउँदै महाकाली नेपाल–भारतको सीमा नदी भएको जिकिर गरे ।

“हामीले महाकाली सन्धी गरेका बेला महाकाली सीमा नदी भनिएको छ । पानी पनि आधा आधा हक लाग्छ भनेर सिद्धान्त तहैमा पास भएको हो,” उनले भने, “लिखित नै छ त्यहाँ । सीमा नदी भएकाले उद्गम स्थलबाटै पूर्व नेपाली भूमि हो ।”

सभापति देउवाले सीमा सम्बन्धी बिबादमा राजनीतिक दलहरु एक ठाउँमा उभिएपनि केपी ओली नेतृत्वको सरकारले बिबाद समाधानका लागि मतलब नै नगरेको भन्दै आक्रोश ब्यक्त गरे । उनले राष्ट्रवादको नारा दिने ओली सरकारलाई लम्पसारवादको संज्ञा दिए ।

उनले आफू प्रधानमन्त्री हुँदा अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक पहल गरेको पनि दाबी गरे । चार पटक देशको प्रधानमन्त्री हुँदा मतलब नगर्ने, अहिले चर्को रुपमा कालापानी बिबाद उठाउने ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा देउवाले प्रतिप्रश्न गरे, “मैले भनेकै हो । आज पनि भन्दैछु । कूटनीतिक पहल गरेको छ । सन्धीमा लेखेको आधा पानी भनेको के हो ?”

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top