३० कात्तिक, वीरगञ्ज ।
बाराको सिम्रौनगढमा फेला परेको प्राचिन मूर्ति लुकाई छिपाई राखेको आरोपमा जेसिबी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही बरहथवा नगरपालिका वडा नम्बर १३ बसवरिया टोल बस्ने ३१ वर्षीय चालक नविन रामलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत कार्तिक ९ गते सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नयका टोल स्थित पोखरी खन्ने क्रममा फुटेको अवस्थामा प्राचिन मूर्ति फेला परेको थियो ।
पोखरी खन्न प्रयोग गरिएको ना १ क ५२०२ नम्बरको जेसिबी चालक रामले फेला परेको उक्त प्राचिन मूर्ति कसैलाई जानकारी नदिई लुकाई छिपाई राखेका थिए ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले मूर्तिसहित उनलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । मूर्तिसहित पक्राउ परेका रामलाई प्रहरी नियन्त्रणमा राखी आवशयक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।