सचिनले गरे पशुपतिनाथको दर्शन

सचिनले गरे पशुपतिनाथको दर्शन

१ मंसिर, काठमाडौँ ।
भारतिय क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् ।

शुक्रबार राति नेपाल आएका भारतीय लेजेण्ड क्रिकेटर तेन्दुलकर आइतबार बिहानै पशुपतिनाथ मन्दिरमा दर्शनका लागि गएका हुन् । उनले पशुपतिमा विशेष दर्शन तथा पूजा गरेको जनाइएको छ ।

बालअधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल स्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.