स्कुटर दुर्घटनामा युवतीको मृत्यु

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

१ मंसिर, काठमाडौं ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्टो छलाउने क्रममा आफैँ अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौँ पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर मृत्यु भएको हो ।

मुत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौँ कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.