नेकपाको सचिवालय बैठक आज बस्दै

३० कात्तिक ७६, आइतबार

१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय आज बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन् । बैठकको तय भने शनिबार भइसकेको थियो ।

आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउने बारे छलफल हुने बताइएको छ । नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top