इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा प्रदर्शन, दुईजनाको मृत्यु

३० कात्तिक ७६, आइतबार

१ मंसिर, एजेन्सी । इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणासँगै भएको बिरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ ।

राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपकै क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको हो ।

Advertisement

अमेरिकाले आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा रोक लगाएपछि इरानमा आर्थिक संकट चुलिएको छ । इरान सरकारले हरेक महिना ६० लिटरसम्म पेट्रोल खरिद गरेमा ५० प्रतिशत र सो भन्दा माथि जतिसुकै पेट्रोल खरिद गरेमा ३ सय प्रतिशत मूल्य बढाउने निर्णय गरेपछि जनता सडकमा उत्रिएका हुन् ।

Advertisement

सरकारको यही निर्णय विरुद्ध भएको प्रदर्शनका क्रममा सवारी आवागमन ठप्प हुनुका साथै हवाई उडान समेत प्रभावित बनेको छ ।

यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले देश आर्थिक संकटमा परेकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न सरकार बाध्य भएको बताएका छन् । विरोध प्रदर्शनले इरानमा आगामी फेब्रुअरीमा हुन लागेको संसदीय चुनाव समेत प्रभावित हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top