पीएसएल ड्राफ्टमा पारस र सन्दीपसहित ८ नेपाली खेलाडी

२ मंसिर ७६, सोमबार
Share this
690shares

एजेन्सी,मंसिर २
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानसहित ७ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्ट अन्तर्गत सिल्भर क्याटगेरिमा परेका छन् ।

Advertisement

पीएसएलले सोमबार सार्वजनिक गरेको सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी ड्राफ्टमा परेका हुन् । त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने भने प्लेटिनम क्वाटगेरीमा रहेका छन् । जुन सबै भन्दा उच्च मुल्यको क्याटगेरी हो । सन्दीप रहेको क्याटगेरीमा अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी, मुजिव उर रहमान, मोइन अली, एलेक्स हक्स, जोसन रोय, कोलिन मुनरो,जेपि ड्युमिनी, डेल स्टेन, सुनिल नारायण,काइरन पोलार्ड, ड्वेन ब्राभो लगातका खेलाडी रहेका छन् ।

पीएसएलमा खेलाडीलाई ५ क्याटगेरिमा राखिएको छ । जसमा इमर्जिङ क्याटगेरिका खेलाडीले ६.५ देखी ९.५ हजार अमेरिकी डलर पाउने छन् । त्यस्तै सिल्भरमा पर्नेले १५ देखी ३५ हजार अमेरिकी डलर पाउने छन् । गोल्ड क्वाटगेरीका खेलाडीले ४४ देखी ५८ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । डाइमन्ड क्याटगरिका खेलाडीले ७३ हजार देखी १ सय ३ पाउण्ड सम्म पाउने छन् । त्यस्तै प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म प्राप्त गर्ने छन् ।

Advertisement

पीएसएलको ड्राफ्ट आगमी डिसेम्बर ६ र ७ मा हुने छ । एक टोलीले प्लेटिनम, गोल्ड र डाइमन्ड क्याटगेरीका ३–३ जना मात्र किन्न पाउने छ । सिल्भर क्वाटगेरीका ५ र इमर्जिङ २ प्लेयर राख्नुपर्ने हुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top