एजेन्सी, मंसिर ४
बलिउड अभिनेता अजय देवगनको १००औँ चलचित्र ‘तानाजी द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो ।
सार्वजनिक ट्रेलरमा जयले सुभे दार तानाजी मलुसरेको भूमिका निभाएका छन् । उनी छत्रपती शिवाजी महाराजको सेनापति हुन् । तानाजीुमा अजयको साथमा कजोल, सैफ अलि खान, शरद केल्कर, पन्कज त्रिपाठी, ल्युक केन्को मुख्य भूमिका रहेको छ ।
जनवरी १०, २०२० मा रिलिज गर्ने तयारी रहेको सो चलचित्रमा सैफ उदय भानको भूमिकामा देखिँदै छन् भने काजोल सावित्री मालुसरेको भूमिकामा देखिँदै छिन् । १२ वर्ष पछी अजय र काजोल एकसाथ यसै चलचित्रमा देखिएका हुन् । ओम राउतले निर्देशन गरेको चलचित्रलाई जयले नै निर्माण गरेका हुन् ।









