सार्वजनिक खरिद आठौँ संशोधन नियमावलीको व्यवस्था संशोधन गर्न माग गर्दै प्रदर्शन

सार्वजनिक खरिद आठौँ संशोधन नियमावलीको व्यवस्था संशोधन गर्न माग गर्दै प्रदर्शन

४ मंसिर, काठमाडौं ।
निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था सशोधन गर्न माग गर्दै राजधानी काठमाण्डौमा प्रर्दशन गरेका छन् ।

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन गर्दे निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेको हो ।

सार्वजनिक खरिद आठौ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससंग सम्बन्धीत व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन् ।

ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै व्यवसायीले संचारक्षेत्र प्रति पनि आक्रोश पोखे ।

सार्वजनिक खरिद ऐन अनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौता अनुसारको कानुनी कारवाही भोग्न आफुहरु तयार रहेको पनि उनीहरुले बताए । व्यवसायीहरु माईतीघर मण्डला देखि थापाथली त्रिपुरेश्वर हुदै युनाईटेड वल्र्ड टेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए ।

बुधबार र विहिबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.