राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रह उपसभामुखले गरिन् अस्वीकार

४ मंसिर, काठमाडौं ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन आग्रह गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए । उपसभामुखबाट राजीनामा दिएपछि मन्त्री बनाउने ओलीको आश्वासन छ ।

स्रोतका अनुसार तुम्बाहम्फेले भने ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top